web analytics

दोदा नदीमा डुबेर बेलौरीका दुई किशोरको मृत्यु

कञ्चनपुर, २२ बैशाख ।
दोदा नदीमा डुबेर बेलौरीका दुई किशोरको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडानम्बर ५ भकुण्डा नजिकै दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बेलौरी नगरपालिका वडानम्बर ४ का अन्दाजी १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो । बेलौरी ४ बस्ने समीर सुवेदी र शिशिर बिष्ट घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइते सुवेदी र बिष्टकाे बेलौरीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2
Below Article Content Ads

Comments are closed.