जि.बि. आग्रीद्वारा निर्देशित “निरमाया”बाह्र दिनमै बाह्र लाखले हेरे
काठमाडौँ /पछिल्लो समय चर्चामा रहेका निर्देशक जिबी आग्रीद्वारा निर्देशीत नयाँ म्युजिक भिडियो “निरमाया”लाई बाह्र दिनमै बाह्र लाख दर्शकश्रोताले हेरेका छन ।
कञ्चनपुर पुनर्वासका जि. बि. आग्री काठमाडौलाई कर्मथलो बनाएर बसेको दुई दशक भन्दा बढी भैसकेको छ । यस अवधिमा उनले नेपाली सिने जगतका मेघास्टारहरुलाई लिएर थुप्रै भिडियो निर्माण गरीसकेका छ्न । सुदूरपश्चिमबाट काठमाडौमा बसेर यतिधेरै मेघास्टारलाई आफ्नो भिडियोमा नचाउने सम्भवतः उनी नै पहिलो निर्देशक हुन ।
पछिल्लो म्युजिक भिडियो “निरमाया”मा उनले नेपाली सिनेजगतकी चर्चित नायिका प्रियङ्का कार्कीलाई लिएका छ्न । भिडियोमा सलिना खत्री र अभिनेता आशीर्वाद क्षेत्रीले प्रियङ्कालाई साथ दिएका छ्न । जसमा गायक कृष्ण विक र गायिका स्मिता दाहालको युगल स्वर रहेको छ ।
प्रेमिल भावको यस गीतमा शब्द तथा संगीत भीम विसीको रहेको छ भने ‘निरमाया” भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।
सञ्जय लामाले छायांकन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् । भिडियोलाई युटुबमा गएर ओएसआर डिजिटल नामक च्यानलमा हेर्न सकिन्छ ।हेर्नुस् भिडियो …
Comments are closed.