web analytics

अशोक विश्वकर्माको निर्देशनमा “नमस्ते ढोगदिया” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जनाका साथ “नमस्ते ढोगदिया”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अशोक विश्वकर्माको निर्देशनमा तयार पारिएको यस भिडियोले नेपाली लोकसंगीतको मौलिकतालाई आधुनिक शैलीसँग समायोजन गरेको छ।
गीतमा कविता खत्री र खेम सेन्चुरीको सुमधुर स्वर रहेको छ।
गीतको समूह गायनमा रूपी सिन्जाली, ज्ञानु परियार, रमेश परियार, र राजु सुनामले सामूहिक ऊर्जा थपेका छन्।
त्यसैगरी शब्द/संगीत रमेश परियार,संगीत संयोजन विश्वास नेपालको रहेको छ ।
अशोक विश्वकर्माको निर्देशनले गीतलाई सांस्कृतिक र भावनात्मक रूपमा बलियो बनाएको छ।
भिडियोमा पुष्प खड्का र उषा उप्रेतीले मुख्य भूमिका निर्वाह गरेका छन्, जसले ग्रामीण परिवेशमा आधारित कथा प्रस्तुत गरेको छ।
उत्कृष्ट छायांकन र अभिनयले गीतको सन्देशलाई गहिरो रूपमा व्यक्त गर्न मद्दत पुर्‍याएको छ।
“नमस्ते ढोकदिया” ले नेपाली लोकसंगीत र परम्परालाई सम्मान गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेको छ। गीतले ग्रामीण जीवनशैली, परम्परागत भेषभूषा, र सामाजिक सम्बन्धको महत्वलाई उजागर गरेको छ । म्युजिक भिडियो “कविता खत्री अफिसियल” युट्युब च्यानलमा हेर्न सकिन्छ। हेर्नुस् भिडियो…

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.