web analytics

आन्दोलनरत शिक्षकहरूलाई वार्तामा फेरी बोलायो शिक्षा मन्त्रालयले

काठमाडौँ/२६ चैत ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई फेरि वार्तामा बोलाएको छ। मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा बोलाएका हुन्। यसअघि मन्त्रालयले यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षक कर्मचारी प्रतिनिधिहरूलाई वार्तामा बोलाएको थियो।

‘भोलि मिति २०८१–१२–२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ। साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाहअनुसार तय गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत माघ २० गतेदेखि आन्दोलन जारी छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.