web analytics

आज २० औं दिन पनि आन्दोलन जारी रहने

काठमाडौ/ ८ बैशाख ।
आज बैशाख ८ गते शिक्षकहरु सडक आन्दोलनमा उत्रिएको बीस दिन पुरा भएको छ । त्यसैगरी आज बिसौं दिन पनि आन्दोलन जारी रहने भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले फेसबुक मार्फत सो कुराको जानकारी गराउनु भएको हो ।
उहाँले हिजो ७ गतेको आन्दोेलनमा सहभागी सबै आन्दोलनकारी शिक्षक कर्मचारीहरुलाई हार्दिक आभार व्यक्त गर्दै आज २० गतेपनि बिहान ठिक ९ः०० बजे माइतीघर मण्डला आउन आग्रह गर्नुभएको छ ।
उहाँले काठमाडौं केन्द्रित सडक आन्दोलन २० दिन पुगेको बताउँदै धेरै कष्ट र असजिलाका बावजुद पनि आन्दोलनमा सम्पूर्ण साथीहरूले गर्नुभएको जोडदार सहभागितालाई सम्मान व्यक्त गर्नुभएको छ । उहाँले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नभएको बताउनुभएको छ ।
आन्दोलन गर्दा सदा झैं अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलनमा निरन्तर डटिरहन,
संस्थाको तर्फबाट आउने आधिकारिक वक्तव्यलाई मात्रै अनुशरण गर्न,
बजारका आएका अनेक थरी अनधिकृत अफवाह र भनाइलाई पत्यार नगर्न आन्दोलनरत शिक्षक तथा कर्मचारीलाई अनुरोध गर्नुभएको छ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा भैरहेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडकखण्ड प्रभावित हुँदै आएको छ भने देशभरीका शैक्षिक गतिविधि ठप्प भएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.