web analytics

लक्ष्मी मा.वि. अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई बिदाइ तथा शुभकामना

बेलौरी/१९ बैशाख ।
लक्ष्मी माध्यमिक विद्यालयमा जबदियामा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई एक कार्यक्रम विच विदाई गरिएको छ । विद्यालय प्राङ्गणमा रहेको मेघा हलमा सम्पन्न “विदाई तथा शुभकामना कार्यक्रम” सोही विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले आयोजना गरेका हुन ।

कार्यक्रमको सभापतित्व कक्षा ११ की छात्रा अम्वीका शाहीले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा विद्यालयका प्रधानाध्यापक श्री विरेन्द्रसिंह भण्डारी रहनु भएको थियो भने विशिष्ट अतिथि सहायक प्रधानाध्यापक श्री अनिल पाण्डेय र जनकल्याण मा.वि. का सहायक प्रधानाध्यापक श्री सुनिलकुमार लो हुनुहुन्थ्यो।

कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, कक्षा १२ का विद्यार्थीहरू तथा आयोजक कक्षा ११ का विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य दिँदै प्रधानाध्यापक विरेन्द्रसिंह भण्डारीले परीक्षा मर्यादित ढंगले दिने, विद्यालयको गरिमा बढाउने, र अध्ययन पूरा गरेपछि समाज तथा विद्यालयको हितमा काम गर्न प्रेरीत गर्नुभयो। उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्यको समेत कामना गर्नुभयो।

विशिष्ट अतिथि श्री अनिल पाण्डेयले “सजिला कुरा पछि आउँछन्, पहिला केही कठिनाइ आउन सक्छ; तर सोच-विचार गरेर, बुझेर परीक्षा दिनुहोस्” भन्ने प्रेरणादायी सन्देश दिनुभयो। उहाँले परीक्षा र विद्यालयको नाम र मर्यादालाई सम्मान गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

अर्का विशिष्ट अतिथि श्री सुनिलकुमार लोले पनि आफ्ना मन्तव्यमार्फत विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न, अनुशासित भई मेहनत गर्न तथा विद्यालयप्रतिको कृतज्ञता कहिल्यै नबिर्सन प्रेरित गर्नुभयो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा प्रमुख अतिथिको हातबाट मायाको चिनो वितरण गरिएको थियो। कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आगामी बैसाख २१ गतेदेखि परिक्षा भएकाले उनीहरु विद्यालयबाट विदा हुदैछ्न ।

तस्बिरहरू

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.