web analytics

कर्मचारीको तलब नबढ्ने, महँगी भत्ता भने रु. ५ हजार पुग्ने

काठमाडौँ, १५ जेठ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत अभावका कारण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्भव नभएको स्पष्ट पार्नुभएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले महँगी भत्ता भने बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार अबदेखि सबै राष्ट्रसेवक कर्मचारीलाई मासिक रु. ५ हजार महँगी भत्ता उपलब्ध गराइनेछ।

“राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष सुधार गर्नु आवश्यक भए पनि स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण तलब वृद्धि गर्न सकिएको छैन,” अर्थमन्त्री पौडेलले भन्नुभयो।
अहिले कर्मचारीले मासिक रु. २ हजार महँगी भत्ता पाइरहेका छन्। अब नयाँ व्यवस्था अनुसार आगामी साउन महिनादेखि महँगी भत्ता बढेर मासिक रु. ५ हजार हुने छ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.