web analytics

कञ्चनपुरको बेलौरीमा भारतीय सीमासुरक्षाबल (एसएसबी)को ज्यादती

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाट संगै जोडिएको दशगजा क्षेत्रमा भारतीय सीमासुरक्षाबल(एसएसबी)ले नेपाली नागरिक माथी ज्यादती गरिरहेको छ । सीमा स्तम्भ नम्बर ३५ आसपासको क्षेत्रमा एसएसबीले आवागमनमा रोक लगाएसंगै नेपाल र भारत दुवै तर्फका किसानहरुले लगाएको उखु, तोरी सहितका अन्नपात खेतमै अलपत्र बनेको हो । नेपालीहरुले नेपाली भुमीमा लगाएको आफ्नै खेती घर ल्याउन खोज्दा भारतीय सीमासुरक्षाबल(एसएसबी)ले अवरोध गरेसंगै उनीहरु चिन्तित बनेका छन । दशगजा क्षेत्र नजिक पर्ने सडक भारतमा पर्ने भन्दै एसएसबीले सो सडक प्रयोगमा रोक लगाएको स्थानीय बताउछन ।

भारतीय सीमासुरक्षाबल(एसएसबी)ले नेपाली नागरिक माथि गरेको यस किसिमको ज्यादती यो पहिलो होइन । कञ्चनपुरको बेलौरी, पुनर्वास, दोधाराचाँदनी लगायतका क्षेत्रमा भारतीय सीमासुरक्षाबल(एसएसबी)ले पटकपटक दु:ख दिने गरेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.