web analytics

पुनर्वासमा लागुपदार्थ सहित एक युवा पक्राउ, एक फरार


कञ्चनपुर, ३ माघ ।
पुनर्वास नगरपालिका ६ सिमा बस्तीबाट आज प्रहरीले लागुपदार्थ सहित एक युवालाई पक्राउ गरेको छ भने एक फरार भएका छ्न । पक्राउ पर्नेमा कृष्णपुर ७ कलुवापुरका १९ वर्षिय समीर राना रहेका छ्न भने फरार हुनेमा पुनर्वास ७ पराशन निवासी खुनी राना रहेको सोधपुछको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
बोर्डर आउट पोष्ट, आनन्द बजारका ईञ्चार्ज नीमबहादुर भण्डारीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलिले सिमावर्ती भारतीय बजार मिलन बजारबाट आईरहेका दुई युवालाई  चेकजाँच गर्दा सो लागू औषध फेला पारेको हो । फेला परेका लागू औषधमा ३४५ पिस नाइट्रोभेट टेन रहेको छ । त्यसैगरी पक्राउ परेका युवाबाट तेईस हजार चालीस नगद, भिभो मोबाइल एक सेट र एउटा मोटरसाइकलको चाबी समेत फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति र बरामद सामान आजै इलाका प्रहरी कार्यालय, पुनर्वासको जिम्मा लगाईएको बोर्डर आउट पोष्टका ईञ्चार्ज निमबहादुर भण्डारीले समाचार विशेषलाई जानकारी गराए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.