web analytics

मोटरसाइकल दुर्घटनामा घाइते वडा सदस्य गुरूङको निधन

धनबहादुर बिक/ कञ्चनपुर माघ ३ । पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडासदस्य पृथ्वी गुरुङको निधन भएको छ । दुई साता अघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परेका गुरुङको हिजो निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

नेपाली कांग्रेसबाट वडासदस्य पदमा निर्वाचित गुरुङ पुनर्वासमा निकै लोकप्रिय मानिन्थे । स्थानीय तहको निर्वाचनमा वडा नम्बर ६ बाट सबै तत्कालीन एमालेका उम्मेदवारहरु विजयी हुँदा गुरुङ एक्ला सदस्य निर्वाचित भएका थिए ।

सोपश्चात् पुनर्वासी माझ गुरुङको लोकप्रियता झनै प्रगाढ बनेको थियो । गुरूङको पार्थिप शरिरमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ क का प्रत्यासी तथा महासमिति सदस्य गोपाल गुरूङले पार्टीको झण्डा अोढाएका थिए भने पुनर्वास नगरपालिका नगर प्रमुख जिवनराज थापा, नेपाली कांग्रेस पुनर्वास नगर सभापति यम प्रशाद पौडेल, नेपाली कांग्रेस कञ्चनपुर कार्य समिति सदस्य तथा पुनर्वास नगरपालिका मेयर का प्रत्यासि तोया प्रशाद शर्मा लगायत नेता कार्यकर्ता, उधोगि व्यवसायी हरूले श्रद्धाञ्जली दिएका थिए ।


नेपाली कांग्रेस पार्टीले अत्यन्तै होनहार युवा कार्यकर्ता गुमाएको मा पुनर्वास नगर कार्य समितिलाई ठूलो क्षति हुन गएको नगर सभापति यम प्रशाद पौडेलले बताए । गुरूङको परिवारमा १५ बर्षिय एक छोरा र श्रीमती , एक भाइ बुहारी रहेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.