५७ औ बालदिवस को अवसरमा निबन्ध लेखन तथा वकतृत्वकला कार्यक्रम समपन्न !

कृष्ण बहादुर बुढा
भदौ २९
बर्दिया /बर्दियाको बाँसगढिमा आज ५७औ बालदिवसको
अवसरमा माध्यमिक तह को निबन्ध लेखन प्रतियोगिता र
अधारभुत तहको वकतृत्वकला कार्यक्रम समपन्न भएको
छ उक्त कार्यक्रम को आयोजना बाँसगढी नगरपालिका
शिक्षा युबा तथा खेलकुद शाखा बाँसगढी रआर्थिक सहयोग
बाँके युनेस्को कलब ले गरेको थियो ।
उक्त कार्यक्रम को प्रमुख अतिथि बाँसगढी नगर प्रमुख
शालिकराम अधिकारी सभाअध्यक्ष तुल प्रसाद गौतम ,
अथिती नरेन्द्र गिरि रहेका थिए ।मा बी स्तरिय निबन्ध प्रतियोगिता मा बाँसगढि नगरका ७विधालयको सहभगिता रहेको थियो निबन्ध प्रतियोगिता को शिर्षक “बालविवाह न्यूनीकरण मा स्थानीयतहको भुमिका ” त्यसैगरि आधारभूत तहको शिर्षक” बालविवाह न्यूनीकरण मा स्थानीय तह तथा सरोकारवालाको भुमिका” रहेकोे थियो ।
उक्त कार्यक्रममा आफना भनाइ राख्दै नगरप्रमुख
शालिकराम अधिकारी ले भन्नू भयो – बालबालिका भनेको
यस देशका कर्णधार हुन यिनलाई उचित अवसर को
आवश्यकता पर्ने कुरा बताउनु भयो यस्तो अवसर विधालय
ले दिने भएकाले विधालयले उचित अवसर दिनु पर्न
र आगामी दिनमा आफुले आवश्यक सहयोग गर्ने कुरा
बताए अब बाँसगढी नगर लाई बालविवाह मुक्त नगरपालिका घोषण गराउने योजना रहेको कुरा बताए ।
उक्त प्रतियोगिताको मा .बि. तहको निबन्ध लेखन
मा ने. रा .मा. बि.बाँसगढी कि छात्रा राधिका बुढामगर प्रथम ,जनता मा .बि.बठुवा कि नर्वदा तिमल्सिना दितिय ,
बाँसगढी एकेडेमी कि स्मृति न्यौपाने तृतीय , सान्त्वना लालिगुरास मा बि कि सिर्जना रावत रहेकी छन आधारभूत
तह वकतृत्वकला मा प्रथम राझाहिमालय ईङ्लिस
स्कुल कि वन्दना डिसि प्रथम ,ने. रा.मा.बि. बाँसगढी
को राजेन्द्र न्यौपाने दितिय ,सर्वोदय आधारभुत बिधायलय
कि मोनिका आचार्य दितिय सान्त्वना पृथ्वी मा बि कि ममता
खड्का रहेकी थिइन प्रतियोगी लाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
उक्त कार्यक्रमका सभा अध्यक्ष तुल प्रसाद गौतमले
बाके युनेस्को तथा शिक्षा शाखा धन्यवाद दिदै आगामी दिनमा यस्ता बालबालिका लाई अबसर दिने कार्यक्रम
ल्याउनु पर्न कुरा मा जोड दिन आग्रह गर्नु भयो ।कार्यक्रम को सहजीकरण शिक्षा शाखाकी तुल्सि कार्की ले गर्नु भएको थियो
Comments are closed.