जय श्री बागेश्वरी कृषि सहकारी को अभिमुखीकरण तालिम सम्पन्न !

कृष्ण बहादुर बुढा
साउन १५
बाँके / बाँकेको बैजनाथ गाउपालिकाको ८ मा रहेको जय
श्री बागेश्वरी कृषि सहकारी तथा युवा स्वरोजगार को
समन्वयमा आज कर्जा प्रभा कसरी गर्ने
के कस्तो प्रक्रिया अपानाई ऋण प्राप्त गर्न्र सकिन्छ भन्ने
बारेमा अभिमुखिकरण तालिम सम्पन्न भयो
यस सहकारी सस्थालाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत
पचास लाख सहुलियत कर्जा सम्झौता भैइ उक्त रकम कसरी लगानी गर्ने कहाँ र कस्ता क्षेत्रमा लगानी गर्ने भन्ने बारे सहजीकरण युवा स्वरोजगार बाँके ऋण सहजकर्ता
नितेश शर्मा भट्ट ले गर्नु भएको थियो ।
उक्त सहुलियत ऋण को बारे बताउदै सहजकर्ता शर्मा
भन्नू भयो यो को उदेश्य भनेको बेरोजगा युवाहरुलाई
स्वरोजगार गराउदै हरेक क्षेत्र बाट पिछडिएका वर्ग महिला
दलित ,जनजाति र रोजगारी को खोजी मा विदेसिने युवा
वर्ग लाई स्वदेश मा स्वभलम्भी गराउनु धितो नै नराखी
सहज कर्जा सहकारी को माध्यम बाट प्राप्त गर्ने सकिने कुरा समेत बताए ।
कार्यक्रममा बोल्दै शर्माले भने सहुलियत कर्जा को
ब्याज दर ८ प्रतिसत कर्जा अवधी ३६ महिना निशुल्क
व्यसाय बिमा हुने यस को लगानी कृषि ,व्यापार ,साना उद्योग जस्ता क्षेत्र मा लगानी हुने र भैइ रहेकोे कुरा समेत बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै जय श्री बागेश्वरी कृषि सहकारिका
कार्यबहाकअध्यक्ष लाल बहादुर खडकाले आफना क्षेत्रमा
रहेका बेरोजगार युवा सदस्यलाई स्वरोजगार गराउदै रोजगारिकै लागि विदेशिनु भन्दा यहि केही गर्नु पर्छ भन्ने
कुरा सिकाउन का लागि उक्त सहुलियत ऋण ल्याएको
र थुप्रै वधा आए पनि यो सहुलियत ऋण प्राप्त भएको
हुदा समूह बनाई लगानी गर्ने कुरा बताए ।
Comments are closed.