web analytics

‘ओली अध्यक्ष र पौडेल महासचिव भएको नेकपा नै वैधानिक पार्टी हो’–सुभाषचन्द्र नेम्वाङ

काठमाडौं, ३ माघ ।
पूर्व सभामूख तथा नेकपा नेता सुभाषचन्द्र नेम्वाङले केपी शर्मा ओली अध्यक्ष र विष्णुप्रसाद पौडेल महासचिव भएको पार्टी नै वैधानिक नेकपा भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज राजधानीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार वैधानिक सरकार भएको पनि बताएका छन् ।
कार्यक्रममा बोल्दै नेता नेम्बाङले निर्वाचन आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक नगरुन्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधान अनुसार वैधानिक रहेको बताए ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि भने सरकारका कतिपय काममा स्वतः अवरोध सृजना हुन सक्ने नेता नेम्बाङको भनाइ छ । उनले हालको सरकारमा जस्तोसुकै काम गर्ने अधिकार रहेको पनि प्रष्ट पारेका छन् । उनले देश अब निर्वाचनमा गइसकेको पनि बताए ।
तिनकुनेस्थित रोयल बैंक्वेटमा भइरहेको भेलामा उनले सो कुरा बताएका हुन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.