web analytics

कञ्चनपुरको दोदा नदि माथीको झोलुङ्गे पूल बन्यो भाईरल

कञ्चनपुर, ३ माघ ।                          कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया र लालझाडी गाँउपालिका वडानम्बर १ बिनवारी जोड्ने दोदा नदि माथि निर्मित झोलुङ्गे पुल अहिले भाईरल भईरहेको छ । दैनिक हजारौंको संख्यामा पूल हेर्न मानीसहरु पुगेपछि पूल भाईरल भएको हो ।
“अहिले फोटो खिच्न र टिकटक बनाउन हजारौं युवायुवती पूलमा आउने गर्छन् ।जसको कारण अति नै भिड हुने गरेको छ” पुनर्वास ५ का समाजसेवी गोपाल रेग्मीले समाचार विशेषलाई बताए ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत झोलुङ्गे पुल निर्माण गरिएको हो । पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको समुपस्थितिमा प्रदेश सभा सदस्य तारालामा तामाङले गत पुस १७ मा उक्त पुलको उद्घाटन गर्नुभएको थियोे ।
करीब १ करोड ९९ लाख लागत खर्चमा दुईसय मिटर भन्दाबढी लम्बाईको झोलुङ्गे पुल निर्माण भएको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बताउनु भयो । पुल निर्माणसँगै सामाजिक, आर्थिक एव सांस्कृतिक गतिविधिमा सहजता भएको स्थानीयको भनाइ छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.