web analytics

अदालतलाई दबाब नदिन प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतलाई दबाब नदिन चेतावनी दिएका छन् ।
शनिबार कांग्रेस मध्यपुर थिमी नगर समितिले प्रतिनिधसिभसभा विघटनविरुद्ध आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।शर्माले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र  सर्वसत्तावादउन्मुख रहेको बताए । ‘‘प्रधानमन्त्रीजी तपाईंले अदालततिर फर्किएर दबाबको भाषा नबोल्नुहोला । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरु तपाईंको नेकपाको पोलिटब्युरो सदस्य होइनन् । या शीतल निवासमा बसेकी राष्ट्रपतिजस्तो पनि होइनन्, जसले तपाईंको एक इशारामा सही धस्काइदिनुहुन्छ,’’ उनले भने, ‘‘पढेर, लामो कानुनी ज्ञान लिएर, संविधानको राम्रो जानकारी राख्ने न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरुले निर्णय गर्दैगर्दा कमरेड केपी ओलीको भाषणको स्क्रिप्टमा हेरेर होइन, यो देशका जनताले संविधानसभामार्फत निर्माण गरेको संविधानको पुस्तकलाई हेरेर, धारा धारालाई हेरेर निर्णय गर्नुहुन्छ ।’’
उनले प्रधानमन्त्री ओलीले ‘प्रतिनिधिसभा विघटन हुँदैन भनेर कसले भनेको’ भनेर जुहारी खेल्न आएको भन्दै त्यसो गर्न प्रधानमन्त्रीलाई नसुहाउने बताए । जनतालाई कोरोनाविरुद्धको खोप चाहिएको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई भने भोट चाहिएको भन्दै कटाक्ष पनि गरे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.