web analytics

पुनर्वासमा जीपको ठक्करबाट बालिकाको मृत्यु

 

पुनर्वास: कञ्चनपुरको पुनर्वास नगरपालिकामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । धनगढीदेखि बेलौरी जान लागेको को१च ८२७८ नम्बरको बोलेरो जीपले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

आइतबार पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती स्थित सुकुम्बासी बस्तीमा १३ वर्षीया सुस्मिता सार्कीको जीपको ठक्करबाट मृत्यु भएको हो।


जीपको ठक्करबाट घाइते भएकी बालिकाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.