पुनर्वासको जनकल्याण मा.वि.मा सिसिटिभी क्यामेरा जडान कार्य सम्पन्न

कञ्चनपुर, ९ माघ ।
पुनर्वास नगरपालिका ३ आईविआरडीस्थित जनकल्याण माविमा सिसिटिभी क्यामेरा जडान कार्य सम्पन्न भएको छ ।नेपाल सरकारको विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत पुनर्वास नगरपालिकाबाट प्राप्त आईसिटी कार्यक्रमका लागी प्राप्त अनुदान साढे छ लाख रकम मध्येबाट सो सिसि टिभी क्यामेरा,ब्राण्डेड डेस्कटप कम्प्युटर,लेजर पृण्टर,फोटोकपी मेसीन,स्क्यानर,मल्टिमिडिया स्पीकर,प्रोजेक्टर र राउटर लगायतका सामान खरिद गरिएको विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेलले बताउनुभयो । सिसिटिभी क्यामेरा जडान भएपछि विद्यालयमा अनुशासित वातावरण बन्ने, विद्यालयमा अवाञ्छित गतिविधि नहुने र यसले पठनपाठन कार्य थप प्रभावकारी बन्ने प्रधानाध्यापक कंडेलले विश्वास व्यक्त गर्नुभयो ।
सिसिटिभी जडान कार्य पुनर्वास ३ आईबिआरडीका दिप ल्यापटोप रिपियर सेन्टरले गरेको थियोे ।
Comments are closed.