web analytics

आफैले पालेको राँगा काल बनेर आएपछि

कञ्चनपुर, १५ माघ ।
पुनर्वास नगरपालिका–२ मोतीबस्तीका ७२ वर्षीय वासुलाल चौधरीले आफैले माया गरेर पालेको राँगाले हानेर मर्नुपर्ला भनेर कल्पना समेत गरेका थिएनन । तर विधिको विडम्बना कसैले रोकेर रोकिदैन रहेछ । गएराति पराल हाल्ने क्रममा आफैले माया गरेर पालेको राँगाको हनाईबाट वासुलाल रानाले मृत्युवरण गर्नुपरयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे जानकारी गराउनुभयो ।
“राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ”, प्रवक्ता थापाले भन्नुभयो, “आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.