web analytics

ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही नभएको माधव कुमार नेपालको भनाई

धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्।
निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाएका हुन।
नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘निर्मलाको कुरा केपी ओलीले सुन्नै चाहेनन्। हामीले पटक–पटक भन्यौं, तर सुन्नै चाहेनन्। अनि हामीले भन्यो, यो सरकारको पहिलो गाँसमै ढुंगा पस्यो। झिंगा पस्यो। कस्तो लाजको सरकार, हामीले जोगाउनु परेको थियो।’
प्रधानमन्त्री ओली अहंकारको घोडामा सवार नेपालको कुसन्तान रहेको बताउँदै नेता नेपालले अंहकारकै कारण उनी समाप्त हुने दाबी गरे।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.