web analytics

पुनर्वासको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता हुँदै

कञ्चनपुर, १७ माघ ।
पुनर्वास नगरपालिका १० स्थित फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा प्रथम आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता २०७७ हुने भएको छ ।
सो फूटबल प्रतियोगिता आगामी माघ ३० गते सोही विद्यालयको प्राङ्गणमा गरिने र प्रतियोगितामा पुनर्वास,लालझाडी र धनगढीका सोह्र विद्यालयले भाग लिने बताईएको छ । आठ कक्षा सम्मका बालबालिकाले भाग लिन पाउने सो प्रतियोगितामा उमेरको हद नराखिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियोे ।
एक दिन भित्रै उदघाटन र समापन गरीने पेनाल्टी सूट आउट प्रतियोगिता पहिलो चरणमा लिगचरणको आधारमा खेलाईने र पछि नकआउटको आधारमा परिणाम निकालिने फारवेष्ट ईन्टरनेशनल स्कूलका अध्यक्ष तथा सञ्चालक काशिराम बोहराले बताउनुभयो ।
विद्यालय स्थापनाको एक बर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गर्न लागिएको सो प्रतियोगितालाई आगामी बर्षहरूमा समेत निरन्तरता दिईने विद्यालयका अध्यक्ष तथा सञ्चालक बोहराले बताउनुभयो ।
प्रतियोगिताको विजेताले ११ हजार १ सय ११, उपविजेताले ६ हजार ६ सय ६६ साथमा सानदार टर्फि तथा मेडल र सर्वाधिक गोलकर्ताले १ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । विद्यालय पेनाल्टी सुटआउट फुटबल प्रतियोगितालाई श्री सरस्वती पुस्तक पसल धनगढी कैलालीले मुख्य प्रायोजन गरेको छ ।
यस्तै रिदम फलसिलिङ्ग उद्योग धनगढीले सह प्रायोजकमा साथ दिएको छ । श्री शिद्ददेवी ट्रेडस पुनर्वास १० ले ट्रफी तथा मेडल पुरस्कारको प्रायोजन गरेको छ भने श्री प्रशान्त ईलेक्ट्रोनिक्स पुनर्वास १० ले सर्बाधिक गोलकर्ताको प्रायोजन गरेको छ ।
यस्तै श्री बिष्ट ग्रिल उद्योग पुनर्वास १० ले अन्य पुरस्कारको प्रायोजन गरेको छ । आयोजकका अनुसार माघ २८ गते २ बजेसम्म टिम दर्ता गर्न सकिने र दर्ता शुल्क नि:शुल्क रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियोे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.