web analytics

संवैधानिक निकायका पदाधिकारीहरुले आज सपथ लिदै

काठमाडौं । संवैधानिक परिषद्ले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुले आज सपथ लिदैछन् । संसदीय सुनुवाई बिनानै उनीहरुको सिफारिस भएको थियो ।

आजका लागि बोलाइएको परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले हतारोमा सपथको तयारी गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मानवअधिकार आयोगमा सिफारिस क्रमशः प्रेमकुमार राई र तपबहादुर मगरको आज बिहान ९ बजे राष्ट्रपति निवासमा सपथ हुँदैछ ।

संवैधानिक निकायमा सिफारिस भएको ४५ दिनमा पदाधिकारीहरु स्वतः नियुक्त हुने व्यवस्था छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.