काठमाडौको गोंगबुबाट प्रचण्ड समुहकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे प्रचण्ड-नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन् । प्रचण्ड माधव पक्षको आमहड्तालमा कलंकी क्षेत्रमा खटिएकी शाक्यलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
हड्ताल गराउँदै हिँड्ने (नेकपा) दाहाल–नेपाल समूहका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । प्रहरीका अनुसार अहिलेसम्म काठमाडौँको विभिन्न ठाउँबाट ५६ जना कार्यकर्ता पक्राउ परिसकेका छन् ।
यस्तै काठमाडौंको गोंगबुमा आज विहानै ट्याक्सीमा आगजनी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले गरेको आमहड्तालको दिन (आज) बिहानै गोंगबुमा रोकिराखेको प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।
विहीबार (आज) बिहान करीब ५ बजेतिर रोकिराखेको ट्याक्सीमा दुईजना अपरिचित व्यक्तिले आगजनी गरेर भागेको प्रहरीले जनाएको छ । आगजनी लगत्तै पुगेको प्रहरीले दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको छ ।
उक्त ट्याक्सी कुम्भनारायण श्रेष्ठको भएको खुलेको छ । त्यस्तै, आज विहानैदेखि काठमाडौँका विभिन्न ठाउँमा सवारी साधन तोडफोड भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.