web analytics

आन्दोलनमा घुसपैठ भयो, ओलीका कार्यकर्ताले ट्याक्सीमा आगो लगाए– पम्फा भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल) समूहकी नेतृ पम्फा भुसालले आफूहरुले आन्दोलनका क्रममा कुनै पनि सवारी साधनमाथि तोडफोड तथा आगजनी नगरेको दाबी गरेकी छन् ।

आमहड्तालका क्रममा बिहीबार ललितपुरको पुल्चोकमा पुगेकी नेतृ भुसालले आन्दोलनमा घुसपैठ भएको पनि आरोप लगाइन् । बिहीबार काठमाडौंमा ट्याक्सीमा भएको आगजनीमा आफूहरुको संलग्नता नभएको पनि उनले दाबी गरिन् ।
बन्द घोषणा गरिएपछि बुधबार ‘बन्द फिर्ता’ भएको भनेर सामाजिक सञ्जालमा लेख्ने केपी शर्मा ओलीका कार्यकर्ताले नै ट्याक्सीमा आगजनी गरेको पनि उनले आरोप लगाइन् ।
सरकारको प्रतिगामी कदमविरुद्ध अन्तिम आन्दोलन शुरु भएको उल्लेख गर्दै भुसालले फागुनपछि निणर्ाय आन्दोलन हुने पनि बताइन् ।
निर्णायक आन्दोलनका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुसँग छलफल भइरहेको भुसालले जानकारी दिइन् । प्रतिनिधि सभा विघटन लगायत ओली सरकारका प्रतिगामी कदम नसच्चिए अझ बढी शसक्त आन्दोलन शुरु गरिने र उक्त आन्दोलन निर्णायक हुने उनको दाबी छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.