web analytics

कञ्चनपुर पुनर्वासका रमेश खाती नक्कली नोट सहित समातिए

कञ्चनपुर, २५ माघ ।
कञ्चनपुरका पुुुनर्वासका रमेश खाती नक्कली नोट कारोबारमा समातिएका छ्न । पुनर्वास ६ टाउन बजार निवासी रमेश खाती र काठमाडौ १४ बौद्ध बस्ने  बिष्णु भट्ट बेलौरी नगरपालिका १० भुडाबाट पक्राउ परेको प्रहरीले जनाएकाे छ ।
उनीहरूको साथबाट नेपाली रुपैया १००० को थान-१ र ५०० रुपैयाँको थान-२ नक्कली नोट र नोट बनाउन प्रयोग गरीने कागज,केमिकल लगायतका सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि अहिले इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.