पुनर्वासका नगरप्रमुख जीवनराज थापाद्वारा डिप ट्युबवेल बोरिङको उदघाटन

कञ्चनपुर, २६ माघ ।
कञ्चनपुर पुनर्वासका नगरप्रमुख जीवनराज थापाले पुनर्वास २, मोतिबस्तीमा आईतवार डिप ट्युबवेल बोरिङको उदघाटन गर्नुभएको छ ।
उदघाटन कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख थापाले नगरपालिका क्षेत्रभित्र दर्जनभन्दा बढी डिप ट्युबवेल आफ्नो कार्यकाल भित्र बन्न सुरुभएको र किसानका हरेक समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।
पूर्व खानेपानी मन्त्री बिना मगरको पहलमा बजेट विनियोजन भई उक्त डिप ट्युबवेल बोरिङ बन्न लागेको र जसको लागत एक करोडको हाराहारी हुने पुष्कल जल उपभोक्ता समितिका अध्यक्ष गोपालप्रसाद रेग्मीले बताउनुभयो ।
उदघाटन कार्यक्रममा पुनर्वास ४ का वडाध्यक्ष प्रेम बस्नेत, पुनर्वास २ का वडाध्यक्ष सन्त कुमार चौधरी लगायत स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति थियोे ।
Comments are closed.