कुर्सी र सत्ता मोहले प्रचण्डले पार्टीलाई घात गरे: मन्त्री भट्ट
धनबहादुर बिक, धनगढी
कुर्चि र सत्ता लोलुपताले बिक्षिप्त बनेका प्रचण्ड माधवले पार्टी फुटाउने कार्य गरे अहिले को लडाइँ विचारको लडाइँ हो, सहि समयमा सहि विचार आएन भने विकास होइन विनाश निम्त्याउछ कमरेड प्रचण्डको विचारमा खिया लागेको छ धनगढीमा योजित एक कार्यक्रममा उधोग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बताए ।
प्रधानमन्त्री के पि शर्मा ओलि ले सहि विचार लियर पार्टी लाई अगाडि बढाउदै हुनुहुन्छ अहिले सहि र गलत छुट्टाउनु पर्ने बेला आएको छ । नेकपाको संस्थापक र आधिकारिक पार्टी भनेकै हामीले नेतृत्व गरेका छौ मन्त्री भट्टले जोड दिनुभयो कमरेड प्रचण्डले सहि समयमा सहि विचार नपुर्याएकै कारण देशले ठुलो क्षति ब्योहोर्नुपरेको छ
कमरेड प्रचण्ड होस हराएका मान्छे हुन । मैले के बोल्दै छु भन्ने सम्म थाह नहुने गरि होस गुमाईसकेको मन्त्री भट्टले अारोप लगाए ।
समस्या सुल्झाउन पार्टीको स्थाई कमिटीको बैठकमा बसौ छलफल गरौ भन्दा बैठकको मर्यादा नै नगरि भंग गर्दै षड्यन्त्रको जालो बुन्ने कार्यमा प्रचण्ड , माधव लागेका हुन प्रधानमन्त्रीले त्यहि जालो तोड्न र पार्टी बचाउन बाध्य भएर संसद विघटन गर्नुपरेको मन्त्री भट्टले स्पष्ट पारे ।
नेता भिम रावल प्रति केन्द्रीत हुँदै मन्त्री भट्ट ले भन्नुभयो खै के बिषयमा डाक्टर पद पाउनुभयो थाह भएन , प्रधानमन्त्री जस्तो व्यक्ति लाई अनादार गरि मर्यादा पालना नगरि बोल्ने , जनताको बहुदलीय जनबाद को नारा कथन मा रटने तर व्यबहार मा ठिक उल्टो गर्ने गरेको भट्टले अारोप लगाए ।
प्रधानमन्त्री अोली पक्षनै अाधिकारिक पार्टी रहेको ले कसैले पनि संका नगर्न मन्त्री भट्टले स्पष्टयोक्ति पारे ।
कार्यक्रममा श्रम राज्य मन्त्री गौरिशंकर चौधरीले प्रेस संगठन मा अबद्ध पत्रकार ले तठस्त र निडर भएर ठिक र बेठिकलाई छुट्याएर कलम चलाउनुपर्ने बेला अाएको बताए ,पत्रकारको कलम युद्धकालमा चलेका बन्दुक भन्दा बलियो हुनुपर्नेमा उनले जोड दिए ।
प्रेस संगठन नेपाल ले अायोजना गरेको कार्यक्रम को सफलताको शुभकामना दिंदै मन्त्री चौधरीले भने सुदूरपश्चिम ले जहिले पनि नविनतम कार्य गर्दै अाएको छ प्रेस संगठन को सातवटै प्रदेशमा प्रदेश भेला को अायोजना गरिने जनाउँदै पहिलो भेला सुदूरपश्चिम ले अायोजना गरेको छ उनले भने ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज कर्णबहादुर थापाले प्रेस संगठन बलियो भए पार्टी बलियो हुने , पार्टी बलियो भए सरकार बलियो हुने , सरकार बलियो भए देश बलियो हुने बताए । देशैभरिका पत्रकार ले तठस्त भएर समृद्धि र राष्ट्रियता को पक्षमा कलम चलाउनुपर्ने नेता थापाले जोड दिए ।
समृद्ध नेपाल निर्माणका लागि पुर्ण स्वतन्त्रता सहितको सवाल
श्रमजीवी पत्रकार स्थिरता विकास र राष्ट्रिय स्वाधीनता को रक्षा प्रेस संगठन नेपालीको अाधार भन्ने मुल नारा सहित सुरु गरिएको प्रेस संगठन सुदूरपश्चिम प्रदेश स्तरिय भेलाका सभापति प्रेस संगठन नेपाल सुदूरपश्चिम संयोजक कृष्ण अोली रहेका थिए भने उधोग वाणिाज्य तथा अापर्ति मन्त्री लेखराज भट्ट प्,मुख अतिथि रहेका थिए ।
कार्यक्रममा बिशिस्ट अतिथि मा श्रम राज्य मन्त्री गौरिशंकर चौधरी , नेकपा केन्द्रीय सदस्य कर्णबहादुर थापा , नेकपा केन्द्रीय सदस्य राजेन्द्र गौतम , प्रेस संगठन केन्द्रीय संयोजक गणेश बस्नेत , न्युनतम पारिश्रमिक निर्धारण समिति संयोजक राजेन्द्र अर्याल , पुर्व प्रेस चौतारी केन्द्रीय महासचिव प्रमोद दहाल ,रहेका थिए भने अतिथिहरूमा प्रेस संगठन सुदूरपश्चिम ईन्चार्ज हेमन्त पौडेल , नेपाल पत्रकार महासंघ पुर्व महासचिव उजिर मगर , प्रेस संगठन का गणेश पाण्डे , सोम थापा , बालकृष्ण बस्नेत , दिलबहादुर छत्याल , राजेन्द्र सिंह धामि , निमा काफ्ले , लोकसरी कुंवर , कर्ण बहादुर चन्द लगायत रहेका थिए ।



Comments are closed.