भ्रष्टाचार विरुद्धको अभियान चलाएका ज्ञानेन्द्र शाहीको “हाम्रो नेपाल हामी नेपाली” पुनर्वास कमिटी गठनका लागि आह्वान

कञ्चनपुर । भ्रष्टाचार विरुद्धको अभियान चलाएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा सञ्चालित “हाम्रो नेपाल हामी नेपाली” अभियानको पुनर्वास कमिटी गठन हुने भएको छ । कञ्चनपुर जिल्ला कमिटीका सह-संयोजक प्रमोद पौडेलले अभियानमा आवद्ध भएर भ्रष्टाचार विरुद्धमा जोडिन आम जनसमुदाय माझ आह्वान गरेका छन ।
तिनै तहका सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै व्यापक आवाज उठिरहेका बेला ज्ञानेन्द्र शाहीले सुरु गरेको अभियानमा दिनानुदिन युवाहरु आकर्षित हुन थालेका छन ।
Comments are closed.