नेकपा युवा नेता आर.पी सार्कीलाई एकैचोटी पिता र काकाको शोक,नेता भीम रावलद्वारा समवेदना व्यक्त।

कञ्चनपुर,माघ २७
कञ्चनपुरका नेकपा युवा नेता आर.पि. सार्कीलाई एकै दिनमा पिता र काकाको शोक परेको छ । कञ्चनपुरको पुनर्वास १ निवासी नेपाल कम्युनिस्ट पार्टिका जिल्ला सदस्य तथा कंचनपुर क्षेत्र नम्बर १(१) का संयोजक सार्किका पिता र काकाको एकैदिनमा भएको निधनले सम्पुर्ण परिवार शोकाकुल भएको हो ।
उच्च रक्तचाप कारणले माघ २५ गते बेलुका ८:११मा पुनर्वासमा हर्क सार्कीको निधन भएको हो । केही दिन अगाडि अचानक उच्च रक्तचापका कारण सिकिस्त भएपछि काठमाडौ रिफर गरे पनि अन्तिम अवस्था भन्दै केही दिनको उपचार पछि डाक्टरले घर फिर्ता पठाएको थियो ।
त्यसै गरि सोही दिन नेता सार्कीका काका दल बहादुर सार्कीको पनि आकस्मिक निधन भएको थियोे ।
शोकाकुल परिवारजनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदुर पश्चिम् ईन्चार्ज तथा प्रभावशाली नेता भिम रावलले समवेदना व्यक्त गरेका छन । नेता रावलले नेता आर.पि. सार्कीलाई फोन गरेर समवेदना व्यक्त गरेका हुन। त्यस्तै नेकपा कंचनपुर जिल्ला सचिव तथा प्रदेश सचेत तारालामा तामाङ स्वयम् आफै उपस्थित भएर परिवारमा गहिरो समवेदना प्रकट गरेका छन । नेकपा पुनर्वास नगर कमिटीको आयोजनामा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएका थिए।
२५ गते राती निधन भएका सार्कीको २६ गते शव यात्रा गरेर कैलालीको गोदावरीमा अन्तिम दाहसंस्कार गरेको थियो।
युवा नेता सार्कीको परिवार पहिले देखि नै राजनीतिमा होमिएको परिवार हो । २०४० साल देखि सक्रिय राजनीतिमा होमिएका मृतक हर्कु सार्की २०४६ सालको जनआन्दोलनमा गिरफ्तारीमा परेका थिए ।
प्रजातन्त्र स्थापना पश्चात् पुनः मदन भण्डारी नेतृत्वमा नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय भएर राजनीतिमा होमिएका सार्की २०४९ बझाङको चैनपुर गाविस वडा न. ६ का निर्वाचित अध्यक्ष रहनुभएको थियो । उनी बझाङकै नन्दादेवी आधारभुत विद्यालयका संस्थापक अध्यक्ष तथा जङ्गल ढुङ्गा सामुदायिक वन समितीका संस्थापक अध्यक्ष समेत रहि सेवा दिएको पारिवारिक श्रोतले जनाएको छ । मृतक सार्की हाल सम्मपनि नेपाल कम्युनिस्ट पार्टीको सक्रिय सदस्य रहेका थिए ।
Comments are closed.