web analytics

जबर्जस्ति बलात्कार प्रयास पछि किशोरीको हत्या प्रयास!

कृष्ण बहादुर बुढा

नेपालगन्ज,माघ २८

बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ।

नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ।

‘केही बोलिस् भने तँलाई मारिदिन्छु। चुप लागेर मसँग हिड् भन्दै होटलसम्म लग्यो। बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’, आफन्तले भने, ‘मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको छ।

घटनाको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाँम नै थियो। डोरीले घाँटी कसेर, नाक, कान र मुख नाकबाट रगत आएपछि अचेत अवस्थामा मर्‍यो भनेर केटा भागेको छ।’

घटना १६ माघ दिउँसोको हो। तीन दिन अघि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरीक्षक इन्द्रदेव गिरीले पीडित छात्राकी आमाले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको बताए।

अभियुक्त फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ। पीडित बालिकालाई भेरी अस्पतालमा उपचार गरेर अहिले एउटा गैरसरकारी संस्थाको सेल्टरमा राखिएको छ।- अन्नपूर्ण पोस्ट

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.