web analytics

सरस्वती मा.बि मोतिबस्तीको विद्यालय ब्यबस्थापन समिति सर्वसम्मत चयन !

यम प्रसाद आचार्य                                                             कंचनपुर

कंचनपुरको सरस्वती माध्यमिक बिद्यालयको विद्यालय ब्यबस्थापन समितिमा सबै जना सर्वसहमत चुनिएका छन। कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ को सरस्वती मा.बिको विद्यालय ब्यबस्थापन समिति का लागि सबैजना सर्वसहमत चुनिएका हुन।

पुनर्वास नगरपालिकाका शिक्षा शाखा अधिकृत शिव प्रसाद भट्टको संयोजकत्वमा बसेको आम भेलाले ४ जनालाई सर्वसहमत चुनेको थियो। यसरी सर्व-सहमत चुनिनेमा गगन सुनार, राजेन्द्र सिंह साँउद, पार्वती बिष्ट र धनकला सार्की रहेका छन ।

आम भेलाले सर्व-सहमत ४ जनालाई चुने पछि जेष्ठ सदस्य गगन सुनारको अध्यक्षता बसेको बैठकले शिक्षा प्रेमी तथा बुद्धिजीवी किशन चन्द र शारदा खत्रीलाई सर्वसहमत चुनेको छ।

यसरी निर्बिरोध चुनिने सबैजनालाई पुर्व ब्यबस्थापन समिती अध्यक्ष तारा दत्त पनेरूले अबिर लगाएर बधाई ज्ञापन गरेका छन।

बिद्यालयको प्रधानध्यापक सदस्य सचीव तथा वडा अध्यक्ष पदेन सदस्य रहने ब्यबस्था सहित विद्यालय ब्यबस्थापन समितीले लगभग पुर्णता पाएको छ। अब विद्यालयले एकजना शिक्षक प्रतिनिधि पठाएपछी ९ जनाको बैठकले एकजना अध्यक्ष चुन्नेछ।

जसरी समितीले निर्बिरोध पुर्णता पायो त्यसरी नै अध्यक्ष पनि निर्बिरोध र सर्वसहमत हुने बिश्वास बिद्यालयका प्र.अ  जितेन्द्र पौडेलले व्यक्त गरेका छन।
त्यसरी नै लामो प्रयास पछि समिती सर्वसहमत चुनिएकोमा शिक्षा अधिकृत शिवराज भट्टले खुशी ब्यक्त गरेका छन। विद्यालय जस्तो सरस्वतीको मन्दिरलाई स्वतन्त्र राख्नु पर्ने आफ्नो मान्यता बमोजिम समिती सर्वसहमत चुनिएकोले यसले विद्यालयको आगामी वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बिश्वास भट्टको छ।

वडा अध्यक्ष सन्त कुमार चौधरीले निर्बिरोध तथा सर्वसहमत समिती चयन हुनु सकारात्मक पक्ष रहेको बताएका छन । यसले आगामी दिनमा विद्यालयको सम्पुर्ण कार्यमा एकजुटता हुनुपर्ने र विद्यालयको सार्बंङ्गिक बिकास सबैको साथ सुनिश्चित गरेको बताएका छन।

साथै नयाँ समिती गठन भए सँगै शिक्षक अभिभावकले सयुक्त रुपमा सुझाव पत्र बुझाउदै प्राबिधिक शिक्षाको लागि पहल गर्न, बिद्यालयको जग्गा सम्बन्धि विवाद फत्ते गर्न र गुणस्तरीय शिक्षामा जोड दिन समेत माग गरेका छन।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.