web analytics

तिम्रो दिलको मेरो तस्वीर’ युट्युवमा सार्वजनिक

काठमाडौ । सुमधुर स्वरकी धनी मेलिना राईको स्वरमा सजिएको गीत ‘तिम्रो दिलको मेरो तस्वीर’ को म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । जिएमएस म्युजिक एन्ड फिल्मस् को युट्युवबाट सार्वजनिक भएको यस म्युजिक भिडियोको छायांकन जापानका विभिन्न रमणीय स्थलहरुमा गरिएको हो ।

जापानलाई कार्यथलो बनाउदै आएका नेपाली कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेका छन । नेपाली म्युजिक भिडियोमा स्थापित हुँदै गरेका उदयमान मोडल शिरीष गौतमसंगै मोडलहरु विनिता आचार्य र शृजना घिमिरेलाई भिडियोमा देख्न सकिन्छ । कलाकारहरुको तारिफयोग्य अभिनय भिडियोमा देखिन्छ । भिडियो फेब्रुअरी १९ तारिकका दिन सार्वजनिक गर्ने पुर्व तयारी अनुसार नै सार्वजनिक भएको हो । गीतका लागि शब्द, क्यामेरा अनि सम्पादन गोविन्द बिष्टले गरेका हुन ।

त्रिकोणत्मक प्रेम कथालाई समेटेको यस म्युजिक भिडियोलाई आमदर्शक स्रोताले मन पराउने अपेक्षा राखिएको छ ।

भिडियो हेर्नुस्

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.