निर्देशक आग्री आफैं अभिनयमा, कर्णालीको कथा र व्यथाको झल्को

कर्णाली । म्युजिक भिडियो तथा चलचित्र समेत निर्देशन गरिसकेका निर्देशक जिबि आग्रीले एक म्युजिक भिडियोमा अभिनय समेत गरेका छन । उनीद्वारा अभिनित म्युजिक भिडियो ‘सुन बग्ने कर्नाली’ युट्युवमा सार्वजनिक भएको छ । सर्विन बोगटीको युट्युबच्यानलबाट सार्वजनिक गीतले कर्णाली प्रदेशको कथा र व्यथालाई यथाचित्रण गरिएको छ । कर्णाली प्रदेशको कालिकोटमा छायांकन गरिएको यस म्युजिक भिडियोले कर्णाली प्रदेश राज्यले गर्ने पछौटे व्यवहारका कारण गरिबीमा पिल्सिएको भएतापनी प्राकृतिक स्रोतले धनी भएकाले यसको विकासमा सरकार समेत केन्द्रित भएमा कर्णालीले देशकै मुहार हेर्न सक्ने समेत चित्रण गरिएको छ ।
करिब १ बर्ष अघि सुटिङ गरिएको यस म्युजिक भिडियो कर्णालीका जनताको जीवनस्तरका वारेमा आमसर्वसाधारणलाई जानकारी गराउने विश्वास गर्न सकिन्छ । शिक्षा, स्वास्थ, तथा प्राथमिक सेवासुविधा समेत नपुगेको कर्णालीका जनताले दु:ख भित्र सुख खोजिरहेको यथाचित्रण गर्न खोजिएको कलाकार तथा निर्देशक आग्रीले बताउनुभयो ।
‘सुन भन्दा नुन पाउन गारो पर्ने कर्णाली साच्चै स्वर्ग भन्दा कम छैन ।’ गीतका गायक सर्वन बोगटी बताउनुहुन्छ ।
गीतको शब्द समेत गायक बोगटीकै होभने गायनमा बोगटीलाई पुर्णिमा लामाले साथ दिएकी छन । प्रीज रेका स्टुडियोमा रेकर्ड गरिएको यस गीतको एरेन्ज बिबि अनुरागीले गरेका हुन । मिक्स मस्ट्रनिङ श्याम स्वयत रसाइलीले गरेका हुनभने छायांकन राजेन्द्र पाल, मेक अप नरेन्द्र एस के, सहनिर्देशन सुनिल पान्डेले गरेका हुन ।
म्युजिक भिडियोको निर्देशन निर्देशक आग्रीले नै गरेका हुन ।
अभिनयमा निर्देशक आग्रीसंगै मोडल सुश्मिता कुवंरलाई देख्न सकिन्छ ।
म्युजिक भिडियो :-
Comments are closed.