कञ्चनपुर बेलौरीका शिक्षक मधुविलास ढुङ्गाना बालिका यौन दुर्व्यवहारको आरोपमा पक्राउ

कञ्चनपुर,७ फागुन २०७७।
कञ्चनपुर बेलौरीका शिक्षक मधुविलास ढुङ्गाना बालिका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छ्न ।
बेलौरी नगरपालिका ६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलौरीले जनाएको छ । सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १४ वर्षीया बालिका माथि शिक्षक ढुङ्गानाले विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खडकाले बताउनु भयो । ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजे तिर विद्यालयमै बालिका माथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हुदा शिक्षक ढुङ्गानालाई बिहिबार प्रहरीले पक्राउ गरि हिरासतमा राखेको प्रहरी निरीक्षक खडकाले जानकारी दिनु भयो । घटनाबारे थप अनुसन्धान भईरहेको र पीडित बालिकाका अभिभावकले उनीविरुद्ध किटानी जाहेरी दिएपछि मात्र थप कारवाहीको प्रक्रिया अगाडि बढ्ने ईलाका प्रहरी कार्यलय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खडकाले बताउनु भयो ।
Comments are closed.