असंवैधानिक कदमको विरोध गर्ने पूर्वमन्त्री शेरबहादुर तामाङ मन्त्री पाउने भएपछि ओलि समूहमा फर्किए

काठमाडौ, ८ फागुन २०७७
ओलीको असंवैधानिक कदमको विरोध गर्ने नेकपाका नेता तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई नेकपाको ओली समूहमै फर्किएका छन् ।
नेकपा विभाजनको शुरुवातमा उनीहरु ओली समूहबाट दाहाल नेपाल समूहमा गएका थिए । अहिले पुनः ओली समूहमै फर्किएका हुन् ।
सिन्धुपाल्चोक २ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । यस्तै उषाकला राई प्रदेश १ की सांसद हुन् ।
उनीहरुले प्रचण्ड–माधव नेपाल पक्ष परित्याग गर्दै ओली पक्षमा नै फर्किएका हुन् । पार्टी दुई पक्षमा विभाजन भएपछि उनीहरु प्रचण्ड–माधव नेपाल पक्षमा लागेका थिए । केहि दिन अघि रिपोटर्स क्लवमा शेर बहादुर तामाङले ओलीको कदम असंवैधानिक भएको बताएका थिए ।
आज विराटनगरमा आयोजना हुने आमसभाबाट उनीहरुले ओली पक्षमा आएको घोषणा गर्ने बताइएको छ । शेरवहादुर तामाङलाइ प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिएको स्रोतले जनाएको छ । त्यस्तै उषाकला राईलाई पनि प्रदेशमन्त्री दिने तयारी भएको बुझिएको छ ।
Comments are closed.