web analytics

समसामयिक विषयमा छ्लफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डाै/२१ फागुन ।
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरमा ल्होत्से हलमा बस्दैछ ।
बैठकमा प्रतिनिधिसभाको आउँदाे बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । सरकारले गएकाे पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।
प्रतिनिधिसभाको पुनःस्थानापछि भने कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा त्यसबारेमा समेत सांसदको राय लिइने बताइएको छ ।
प्रतिनिधिसभा विघटन गरेपछि त्यस सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । त्यस फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.