आजदेखि पुनर्वासमा पनि सुकुम्बासीको तथ्यांक संकलन कार्यको शुभारम्भ

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि आजदेखि भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको तथ्यांक संकलन औपचारिकरुपमा सुरु गरेको छ ।
पुनर्वास नगरपालिका ८ स्थित मोतियाबाट तथ्यांक संकलन कार्य सुरु गरिएको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले जानकारी गराएका छन ।

भुमि सम्बन्धि समस्या समाधान आयोगको नगर समितिले औपचारिकरुपमा शुभारम्भ गरेको कार्यक्रममा सम्पुर्ण नगरबासीलाई आफ्नो वास्तविक तथ्यांक र सत्यतथ्य विवरण उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेको छ ।

Comments are closed.