web analytics

आयोजकलाई हराउँदै मोति अमर युवा क्लबको बिजयी शुरूवात !

देब राज गिरि
पुनर्वास

कंचनपुरको पुनर्वासमा जारी भानु गोल्ड कपमा पुरुष फुटबल प्रतियोगितामा मोति अमर युवा क्लबले बिजयी शुरूवात गरेको छ। भानु युवा क्लबको खेल मैदानमा आज भएको खेलमा मोति अमर युवा क्लबले आयोजक भानु युवा क्लब A लाई हराउँदै बिजयी सुरुवात गरेको हो ।

आज भएको तेस्रो तथा अन्तिम खेलमा मोति अमर युवा क्लब मोतिबस्तिले भानु युवा क्लब A लाई उस्कै मैदानमा १ का बिरुद्ध २ गोल गरि जित सुनिश्चित गरेको हो । मोति अमर क्लबको तर्फबाट जर्सी नम्बर ११ का रोहित रानाले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए भने पुनः जर्सी नम्बर ९ का टिम क्याप्टेन मोहन साउदले दोस्रो गोल गर्दै जितलाई सुनिश्चित गरेका थिए ।

जित संगै मोति अमर युवा क्लब दोस्रो चरणमा प्रबेस गरेको छ । अब मोति अमर युवा क्लबले दोस्रो चरणको खेल बेलौरी २ र अरनिको B को बिजेता सङ २५ गते बिहान ८ बजे हुने छ ।

त्यस्तै आजै बिहान लालझाडी ११ र प्याराताल युवा क्लब बिच भएको खेलमा प्याराताल युवा क्लब १ का बिरुद्ध ५ गोलले बिजयी भएको छ भने त्यस्तै दिउँसो भएको अर्को खेलमा बेलौरी ३ र प्रगति बिच भएको खेलमा बेलौरी ३ बिजयी भएको छ ।

भोलि बिहान ८ बजे कालिका A र बिZरेन्द्र युवा क्लब बिच पहिलो खेल हुने, दोस्रो खेल राम युवा क्लब रामबस्ती A र सिटि युवा क्लब बिच हुने र भोलि नै अन्तिम तथा तेस्रो खेल सिद्दार्थ युवा क्लब र कालिका B बिच हुने आयोजकले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.