सुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी ओलि समूह छोडी प्रचण्ड-माधव समूहमा

कञ्चनपुर, २४ फागुन ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी ओलि समूह परित्याग गरि प्रचण्ड-माधव समूहमा प्रवेश गरेका छ्न ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलिले संसद विघटन गरेपछि राजनीतिक रुपमा पार्टी फुटेपछी प्रदेश सभा सदस्य जोशी ओलि समूहतिर लागेका थिए ।
प्रचण्ड-नेपालले नेतृत्व गरेको कम्युनिस्ट पार्टी नै मूल पार्टी भएको र यहि पार्टीले मात्र देश र जनताको समस्यालाई सहि रुपमा सम्बोधन गर्न सक्ने भएकाले सम्पूर्ण साथीहरुलाई भ्रममा नपर्न प्रदेश सभा सदस्य जोशीले आग्रह गरेका छन ।
Comments are closed.