web analytics

पुनर्वासमा पनि १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस पुनर्वासमा पनि मनाईएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक महिला श्री सार्की तामाङको अध्यक्षता कार्यक्रम सञ्चालन भएको नगरप्रवक्ता भारमल सुनारले जानकारी गराउनुभयो ।

अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।

फोटो स्रोत : प्रवक्ता भारमल सुनार

राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।
सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.