web analytics

पुनर्वासमा पहिलो पटक ट्याटु पसल सञ्चालनमा

 

-सुनिलकुमार लो
कञ्चनपुर, फाल्गुन २४ ।
पुनर्वासमा पहिलो चोटि “द स्किन बोर्ड” नामक ट्याटु पसल सञ्चालनमा आएको छ । लामो समयदेखि काठमाडौमा ट्याटु तालीम लिएर काम गर्दै आएका पुनर्वास २ निवासी कौशल लोले सो पसल सञ्चालनमा ल्याएका हुन ।
आधुनिक युवायुवती माझ निकै लोकप्रिय ट्याटु आर्ट पुनर्वासका युवायुवती माझपनी लोकप्रिय हुने विश्वास लिईएको छ ।
अत्याधुनिक साधनको प्रयोग गरेर शरीरका विभिन्न भागमा खोपी विभिन्न आकृति बनाउने प्रचलन विश्वव्यापी रुपमा चलिरहेको वर्तमान अवस्थामा पुनर्वासका
युवाहरूको पनि यसतर्फ झुकाव बढेको देखिन्छ ।
डटेट,पोलिनेसन,थ्रीडी, रंगीन र सादा ट्याटुहरु अत्याधुनिक कम्प्युटराईज्ड मेसिनबाट शरीरका विभिन्न अङ्गमा बनाईने पसलका सञ्चालक कौशल लोले हाम्रै साझा पत्रिकालाई बताए ।
पसलमा ट्याटुका अतिरिक्त टिसर्ट छ्पाई,प्रीन्टिङ र फेसन ज्वेलरीका काम समेत गरीने सञ्चालक लोले बताए ।आईबिआरडीस्थित पुनर्वास पोलिक्लिनिक रहेको पुरानो भवनमा सो पसल सञ्चालनमा आएको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.