पुनर्वासमा फागुने(वसन्तकालिन) उखु खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालीम सम्पन्न

कञ्चनपुर, २८ फागुन ।
पुनर्वास नगरपालिकामा फागुने(वसन्तकालिन) उखु खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । पुनर्वास ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार सो तालिम भएको हो । तालीममा पुनर्वास नगरपालिकाका वडानम्बर १ र २ का लक्षित र सुचिकृत चालीस जना कृषकहरुको सहभागीता थियो । मुख्यमन्त्री नमूना कृषि गाउँ (उखु)कृषक समन्वय समिति पुनर्वास १ र २ द्वारा आयोजित उक्त कार्यक्रमको उदघाटनमा समितिका अध्यक्ष बहाली रानाको सभापतित्व, नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासका सचिव रुपेश खरेलको प्रमुख आथित्य थियोे । विशिष्ट अतिथिको आसनमा कृषि विकास शाखा पुनर्वासका प्रमुख कर्ण बहादुर शाही थिए भने अतिथिका रुपमा भागेश्वर सुगर एण्ड केमिकल ईण्डस्ट्रीज प्रा.ली.का सिएम
अरविन्द्र कुमार वर्मा र जनकल्याण मा.वि.का सहायक प्रधानाध्यापक सुनिलकुमार लो थिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुर, मर्सिकोर्प्स नेपाल र एमरेड परियोजना तथा मुख्यमन्त्री नमूना कृषि गाउँ (उखु)कृषक समन्वय समिति पुनर्वास १ र २ बिचको सहकार्यमा सो तालीम दिईएको समितीका कोषाध्यक्ष बिष्णुराज घिमिरेले हाम्रै साझा पत्रिकालाई बताए ।
कार्यक्रममा मन्तव्य राख्दै
नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासका सचिव रुपेश खरेलले कृषकहरुको जीवनस्तर सुधार्न
मुख्यमन्त्री नमूना कृषि गाउँ (उखु)कृषक समन्वय समितिलाई आगामी दिनमा नेपाल रेडक्रस सोसाइटी पुनर्वासको तर्फबाट हरसम्भव सहयोग रहने बताए । सचिव खरेलले तालीमलाई व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिदै समितिको योगदानको प्रशंसा गरे ।
सभापतिको आसनबाट बोल्दै समितिका अध्यक्ष बहाली रानाले किसानहरुले आधुनिक समयमा आधुनिक तरिकाले खेतीपाती गरेमात्र अगाडी बढन सकिने बताए ।
सो तालीमलाई भागेश्वर सुगर एण्ड केमिकल ईण्डस्ट्रीज प्रा.ली.का सिएम अरविन्द्र कुमार वर्मा र कृषि विकास शाखा पुनर्वासका प्रमुख कर्ण बहादुर शाहीले सहजीकरण गरेका थिए ।
सहदेव चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई समितिका कोषाध्यक्ष बिष्णुराज घिमिरेले सञ्चालन गरेका थिए ।
Comments are closed.