web analytics

श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

कञ्चनपुर, चैत ६ ।
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षीय मान सिंह दमाई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दमाईले चैत २ गते साँझ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाई कुटपिट गरेका थिए। घाइते पान्सरीको उपचारका क्रममा महाकाली अस्पतालमा त्यहि दिन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
चिकित्सकले उपचारका क्रममा पान्सरीको मृत्यु भएको खबर गरेपश्चात मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट ५ दिनको म्याद थप गरी अनुन्धान भइरहेको उनले बताए। मृतक पान्सरीको शव पोष्टमार्टमपश्चात उनका भाइले बुझेर लगेका प्रहरीले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.