web analytics

सात कक्षामा पढ्ने किशोरसँग बेपत्ता भइन ३ बच्चाकी आमा

एजेन्सी, चैत ६ ।

छिमेकी भारतमा तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग बेपत्ता भएको घटना अहिल चर्चामा रहेको छ। भारतीय सञ्चार माध्ययम आजतकका अनुसार घटना उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको हो ।

महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरेको स्थानीयले बताएका छन्। तर भाग्ने नै बारेमा भने कसैले पनि अनुमान नगरेको उनीहरूको भनाइ छ।

१० मार्चको रातिदेखि हराएका किशोरका परिवारले प्रहरीमा उजुरी दिएको छ। उजुरीपछि प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ तर, उनीहरु कहाँ छन भन्नेबारे प्रहरीले सुईको समेत पत्ता लगाउन सकेको छैन् ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.