पुनर्वासमा ज्वाईंको हत्या गर्ने ४१ वर्षपछि पक्राउ परे

कञ्चनपुर, ६ चैत ।
पुनर्वासमा ज्वाईंको हत्या गर्ने ४१ वर्षपछि पक्राउ परेका छन । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मलाङ्ग तामाङ(लामा)पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कर्तव्य ज्यान मुद्दा खेपि ४१ वर्षदखि फरार रहेका साबिकको परासन गाउँविकास समिति १(च) गाउँ बुद्दबस्तीका ७६ वर्षीय मलाङ्ग तामाङ (लामा) लाई पक्राउ गरेको हो।
उनले २०३६ सालमा भैंसी किनेर उक्त पैसा नतिरेको विषयमा मनमुटाव हुँदा आफ्नै ज्वाँई नाता पर्ने नाम्जा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।
सोही वर्षको माघ ८ गतेदेखी फरार भएका तामाङलाई तत्कालिन सुदूरपश्चिमाञ्चल क्षेत्रिय अदालतले २०४६ चैत २ गते १० वर्ष कैदको सजाय सुनाएको थियो।
फरार भएका तामाङलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको प्रहरीले बताएको छ।
साथै प्रतिवादी मलाङ्ग तामाङ (लामा)ले २०२१ मा आफ्नो पहिचान लुकाएर भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई २०२८ मा बिरामी अवकास भएर पेन्सन समेत लिने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ परेका तामाङमाथि सो विषयमा समेत अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।
Comments are closed.