वडाध्यक्ष महरा फेरि शंकास्पद रुपमा उनै महिलासँग भेटिएपछि

चैत १४, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्।
बिहीबार राति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। महरालाई गाउँलेले राति नै नियन्त्रणमा लिएको वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी जोशीले पुष्टि गरेका छन् । उनले भने, ‘अध्यक्षजी राति यता गाउँमा आएका रहेछन्, गाउँलेले उहाँलाई समात्ने बेला हातपात पनि भएको छ।’
महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई कुटपिट पनि गरेका प्रहरीले जनाएको छ। कुटपिटबाट दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
वडाअध्यक्ष महरा यसअघि शंकास्पद रुपमा फेला परेकी महिलासँग नै यसपटक पनि भेट्टिएका हुन्। ती महिला एकल रहेकी बताइएको छ।
वडाअध्यक्ष महरा यसअघि चैत ५ गते राति पनि स्थानीय खोचलेक बजारको एक होटेलमा महिलासँग शंकास्पद रुपमा भेट्टिएका थिए। त्यसबेला उनकी श्रीमतीले प्रहरीलाई सूचना दिएको थिइन्। प्रहरीले नियन्त्रण लिएपछि वडाध्यक्ष महरा र महिला घरपरिवारको आपसी समझदारी गरेपछि प्रहरीले चैत ६ गते छोडेको थियो।
वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए।
Comments are closed.