web analytics

पुनर्वासमा इटा भट्टामा काम गर्ने मजदुर मृत भेटिए

कञ्चनपुर, चैत १९ ।
पुनर्वासमा इटा भट्टामा काम गर्ने एकजना मजदुर मृत अवस्थामा फेला परेका छन्।
पुनर्वास नगरपालिका–१ मा रहेको श्री गणेश इटा उद्योगमा कार्यरत भारतको लखिमपुर इसाननगर घर भएका मुस्तथा नाम गरेका मजदुर मृत फेला परेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार मंगलबार इटा भट्टामै सुतेका मुस्तथा बुधबार बिहान मृत भेटिएका हुन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.