पुनर्वासमा मोटरसाइकल जलेर नष्ट

कञ्चनपुर, १९ चैत ।
पुनर्वासमा मोटरसाइकल जलेर नष्ट भएको छ। पुनर्वास नगरपालिका–११ डोकेबजारका स्थानीय रम्जन सल्मानीको खरले छाएको ४ कोठे कच्ची घरमा आगलागी हुँदा उनको युपी ३१ एन ८८९० नम्बरको मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले आगलागीबाट कच्ची घर र मोटरसाइकल जलेर नष्ट भएपनि अन्य मानवीय तथा पशु चौपाया क्षति नभएको जानकारी दिए।
Comments are closed.