नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेश भेला सम्पन्न ! परिवर्तनका लागि सहिद हुन तयार छु : अध्यक्ष बिक
धनबहादुर बिक/धनगढी चैत १७
राज्यको हरेक तह र तप्कामा दलितको पहुँच नभएसम्म जातिय विभेद , दमन शोषणको अन्त्य नहुने ठहर गर्दै परिवर्तनका निम्ति अाफ्नो ज्यान गए पनि अाफु खुसी खुसी सहिद हुन तयार रहेको नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेश स्तरिय भेलामा केन्द्रीय अध्यक्ष सुनिल लोहनी बिक ले घोषणा गर्नुभयो ।

अध्यक्ष बिकले भन्नुभयो नेपाल मा जतिपनि राज्यसत्तामा राज गर्ने पार्टीले दलितलाई हरेक हवसरबाट वञ्चित गराउदै अाएको छ , प्रतिशत को अाधारमा पनि दलितले अधिकार प्राप्त गर्न पाएका छैनन बिक ले दावि गर्नुभयो । अहिलेसम्म जुनसुकै पार्टीको झण्डा बोके पनि दलितले मुक्ति पाउन सकेको छैन अध्यक्ष बिकले सरकार बिरूद्ध अाक्रोस व्यक्त गर्नुभयो ।

अध्यक्ष बिक ले भन्नुभयो पार्टीका घोषणापत्र मा दलितका लागि अारक्षणको व्यवस्था गरिएको सुन्नमा अाउछ तर केहिदिन अघिमात्र राज्य ले २० जना न्यायाधीश निउक्ति गर्दा एकजना पनि दलित लाई न्यायीक क्षेत्रमा निउक्ति नगरिनु सरकारले दलितलाई हेर्ने दृष्टिकोण प्रस्ट भएको वहाँ ले गुनासो गर्नुभयो ।

अब यो मुलुकमा परिवर्तन ल्याउनु छ भने तथा जात व्यवस्था को अन्त्य गर्नु छ भने नेपाल का सम्पुर्ण दलित एकता कायम गरि कडा अान्दोलन गर्नु पर्छ र त्यो अान्दोलन को नेतृत्व नेपाल दलित मुक्ति अभियानले गर्छ बिक ले घोषणा गर्नुभयो । बिक ले परिवर्तनका निम्ति यदि मेरो ज्यान जान्छ भने अाफुले खुसी खुसी सहिद हुन तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार तथा दलित युवा जागरण केन्द्रीय अध्यक्ष खगेन्द्र सुनारले गत बर्ष पश्चिम रूकुमको नवराज बिक हत्या प्रकरणलाई स्मरण गराउदै भन्नुभयो जातकै अाधारमा नवराजलाई कुटि कुटि मारेर भेरि नदिमा फालियो तर यो देशका शोषक सामन्ती ले अहिलेसम्म पनि नवराज परिवारलाई न्याय दिन सकिरहेको छैन , गैर दलित युवती संग घरजम गर्न भनि प्रेम गरेकै कारण नवराजलाई गैर दलित ले कुटि कुटि मारेर भेरिमा फाले तर नेताहरूले म त एमालेको मान्छे मत काङ्ग्रेसको मान्छ मत नेकपा माअोवादी को मान्छे मैले बोल्नु हुंदैन भनेर मुखमा ताला लगायर बसे अब यीनै शोषक सामन्ती का बिरूद्ध देशैभरिका दलित युवाहरू एकजुट हुनुपर्छ , जब सम्म न्याय पाइदैन मर्नपनि तयार छौ सुनारले बताए ।
गत बर्ष जेठ १० गते नवराज लगायत ६ जना युवाहरू मारिएकै दिन काठमा्णडौमा एक लाख युवा सहित को अान्दोलन गरिने पनि सुनारले घोषणा गरेका छन ।
युवा नेता तथा पत्रकार सुनारले राज्यको निति एबं सामाजिक संरचना बिरूद्ध अाक्रोस पोख्दै भने जस्ले कपडा सिलाउछ उ नाङ्गो हुनेगर्छ जस्ले चप्पल जुता बनाउछ उसको खुट्टा नाङ्गो हुन्छ जस्ले कुटो कोदालो बनाउछ उसलाई छाक टार्न गार्हो हुन्छ जस्ले हलो जोत्छ उ संधै भोको हुनेगर्छ , तसर्थ अब सामन्ती र पुञ्जिपति का बिरूद्ध परिवर्तनका लागि सशस्त्र युद्ध को तयारी गर्नुपर्छ सुनारले युवाहरूलाई अाव्हान गर्नुभयो ।
कार्यक्रममा सांसद दान बहादुर परियारले कुनै पनि मानिस रहरले दलित भयको होइन हिजोको राज्य व्यवस्था ले बनाएको र प्रजातन्त्र प्राप्ति पछि पनि राज्य सत्ताले यसलाई पक्षपोषण गर्दै अाएको कुरा अौल्याउनुु भयो । नेता परियारले परिवर्तनका निम्ति दलितले सरकार को हरेक न्यायीक क्षेत्रमा पहुँच का लगि एकजुट हुनुपर्ने टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेपाल दलित मुकती अभियान कि केन्द्रिय सहसचिव लिला बिकले अन्यायमा परेको बेला हिजो हाम्रो लागि बोलिदिने कोहि थिएन तर अाज देसैभरि होनहार युवाहरू तयार भई सकेका छन अब हामिले डराउनुपर्ने र खुट्टा कमाउनुपर्ने अवसछैन सहसचिव बिकले बताउनुभयो , बिकले नेपाल दलित मुक्ति अभियान कुनै पार्टी संग प्रेरित नभई स्वस्फूर्त रूपमा न्याय र परिवर्तन का लागि संगठित भएको स्पस्ट पार्दै दलित मुक्ती अभियान कसैले पनि बिखण्डन गर्न नसक्ने कुरा बताउनुभयो
नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशले अायोजना गरेको कार्यक्रमका कर्णाली प्रदेश इन्चार्ज जनम बिक सभापति रहनुभएको थियोे भने अभियानका केन्द्रीय अध्यक्ष सुनिल लोहनी बिक प्रमुख अतिथि रहनु भएको थियोे , कार्यक्रम का बिशिस्ट अतिथि सांसद दान बहादुर परियार , अभियान का केन्द्रीय महासचिव कर्ण बहादुर बिस्वकर्मा , सहसचिव लिला बिक , रहेका थिए भने अतिथिमा केन्द्रीय सचिवालय सदस्य निर्मला बिक , केन्द्रीय सदस्य केशव परियार , छवि परियार केन्द्रीय सह कोषाधक्ष भुवन नागरि , सुदूरपश्चिम प्रदेश अध्यक्ष भिम कैनि पत्रकार तथा युवा नेता खगेन्द्र सुनार लगायत अतिथि रहेका थिए
भेलाले जनम बहादुर बिक को अध्यक्षतामा ७५ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । हाल लाई २६ सदस्यीय गठन गरिएको र भुगोल का अाधारमा गठित कमिटीको पहिलो बैठकले पदपूर्ति गरिने केन्द्रीय सहसचिव लिला बिक ले बताउनुभयो ।
नव गठित कमिटीको अध्यक्ष मा जनम बिक उपाध्यक्ष मा अस्मिता बिक , सचिवमा रमेश केपि परियार , कोषाध्यक्षमा झरना बिक , सहसचिवमा जस्टिन परियार र कोषाध्यक्षमा डिल्ली सार्की चयन भएका छन ।
कार्यक्रम को सञ्चालन बिष्नु बिक ले गरेकि थिईन ।




Comments are closed.