बढ्यो कोरोना संक्रमण, एकैदिन २६६ मा संक्रमण र ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै हालसम्म मुलुकभर २ लाख ७८ हजार २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७३ हजार ३ सय ४२ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२ संक्रमित निको भएका छन् ।
सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ जना पुगेको छ ।
Comments are closed.