web analytics

उच्च बिन्दुमा पुग्यो प्रदुषण, मर्निङ वाक नगर्न डाक्टरको सल्लाह

काठमाडौं, २३ चैत ।
पछिल्लो केही समययता धूलोधूवाँका कारण भएको वायु प्रदूषण तथा तुवाँलोका कारण राम्रोसँग घाम लाग्न सकेको छैन ।
यसले गर्दा रुघाखोकीका बिरामी बढिरहेका छन् । काठमाडौं उपत्यकालगायत देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ ।
अहिले उपत्यकालगायत देशभर मर्निङ वाक नगर्न डाक्टरहरूले सुझाएका छन् ।
वातावरण विभागले १० दिन अघिदेखि देशका विभिन्न ठाउँमा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
विभागले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, जेष्ठ नागरिक, दमजस्ता स्वाशप्रश्वाससम्बन्धी समस्याका बिरामीहरूलाई त झन घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
काठमाडौं, पोखरा, धनगढीलगायतका ठाउँमा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको वातावरण विभागले जनाएको छ ।
मर्निङवाक नगर्नुस्ः डा. सविन कोइराला
ह्याम्स अस्पताल सघन उपचार कक्षका विषेशज्ञ डा. सविन कोइरालाले वायु प्रदूषणको समयमा बिहान-बेलुका मर्निङ वाक नगर्न सुझाएका छन् ।
‘अहिले वायुमा अत्यधिक प्रदूषण छ, यस्तो समयमा मर्निङवाक नगरेकै राम्रो हुन्छ,’ डा. कोइरालाले लोकान्तरसँग भने, ‘बिहान ओसिलो र तुवाँलोले धूलो तल्लो सतहमा ल्याएको हुन्छ ।’
यस्तो समयमा सकेसम्म घरभित्र व्यायाम गर्नुपर्ने डा. कोइरालले बताए ।
कोइरालाका अनुसार पछिल्लो केही दिनयता उपत्यका र उपत्यका बाहिरका शहरहरूमा वायूप्रदूषण बढिरहेको छ । विषेशतः फोक्सोको समस्या देखिन्छ, अर्थात् साइनोसाइटिस समस्या देखिन्छ ।
अहिलेको वायु प्रदूषणले तत्कालै देखिने समस्या र दीर्घकालमा देखिने समस्या गरी २ प्रकारका समस्या देखिने डा. कोइरालाले बताए ।
उनका अनुसार तत्कालीन हुने समस्यामा एलर्जी तथा स्वासप्रश्वासमा समस्या, दमका रोगीहरूलाई अक्सिजनको लेभल घटबढ हुने, रुघाखोकी लागिरहने, नाक बन्द हुने लगायतका समस्याहरू देखिन्छन् ।
दीर्घकालमा हुने समस्या झन् खतरनाक हुन्छ । वायुमा भएका स–साना कणहरू हाम्रो फोक्सोमा गएर बस्छन् । यसले गर्दा भित्र असर गर्छ ।
‘हाम्रो नाकले १० पीपीएमका कणहरू छेक्न सक्छ, त्यस्ता कणहरूलाई र्‍यालले पनि छेक्छ, तर २ पीपीएमका स–साना कणहरू छेक्न सक्दैन, त्यसले दीर्घकालमा असर गर्ने डा. कोइरालाले लोकान्तरलाई बताए ।
यस्तै प्रदूषण १० वर्षसम्म भइरह्यो भने अधिकांश मानिसहरू दमको रोगी हुने कोइरालाले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.